|  

गोरखामा बाढीले तीन घर बगायो

२१ भदौ, काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–४, नाम्रुङमा नाम्रुङ खोलामा आएको बाढीले तीन वटा घर बगाएको छ।

गएराति करिब ३ः३० बजे आएको बाढीले नगु छिरिङ, उर्गीन लामा र लाक्पाभुटी लामाको घर बगाएको हो।

भारी वर्षापछि आएको बाढीले एउटा फलामे पुलमा समेत क्षति पुर्‍याएको छ । बाढीबाट मानवीय क्षति नभएको र वर्षा रोकिएसँगै खोलाको बहाव घट्दै गएको जनाइएको छ।