|  

रसुवाको टिमुरेस्थित सीमानामा नेपालको झन्डा राखियो

 नेपाल–चीन अन्तर्राष्ट्रिय सीमा नाका रसुवागढीमा सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले शनिबार नेपालको राष्ट्रिय झन्डा स्थापना गरेको छ।

भोटेकोशी नदीमा आएको बाढीका कारण स्थलमार्ग कठिन बनेपछि सशस्त्र प्रहरीको बीओपी टिमुरे टोलीले करिब ३ किलोमिटर जोखिमपूर्ण भीरको बाटो पार गरेको थियो। नेपाली सेनाको टोली भने हेलिकप्टरमार्फत पुगेको थियो।

दुवै टोलीले संयुक्त रूपमा नेपालतर्फ राष्ट्रिय झन्डा स्थापना गरेका हुन्।