|  

ग्रीसमा एयर शोका क्रममा ‘फान्टोम एफ–४’ दुर्घटना, दुवै पाइलटको मृत्यु

२१ भदौ, काठमाडौं । ग्रीसमा शनिबार एयर शोका क्रममा ठूलो दुर्घटना भएको छ ।

एथेन्सबाट करिब ६० किलोमिटर उत्तरमा रहेको तानाग्रा एयर फोर्स बेसमा ग्रीक वायुसेनाको फान्टोम एफ–४ जेट विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार दुवै पाइलटको मृत्यु भएको छ ।

दुर्घटनामा परेको दुई सिटे फान्टोम एफ–४ जेट एयर शोका क्रममा कम उचाइमा कठिन हवाई कलाबाजी प्रदर्शन गर्ने क्रममा नियन्त्रण गुमाएर जमिनमा ठोक्किएको बताइएको छ ।विमान जमिनमा ठोक्किनेबित्तिकै ठूलो विस्फोट भएको थियो ।

त्यसपछि विमान टुक्राटुक्रा हुँदै घटनास्थलमा भीषण आगलागी भएको थियो । दुर्घटनापछि आकाशमा कालो धुवाँको ठूलो मुस्लो देखिएको थियो । दुर्घटनापछि लागेको आगोका कारण प्रारम्भिक उद्धार तथा खोजी कार्य कठिन बनेको थियो ।

८५ जना अग्निनियन्त्रक, ११ वटा पानी छर्कने विमान तथा हेलिकोप्टरको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । त्यसपछि दुवै पाइलटको शव बरामद गरिएको बताइएको छ