|  

इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि २०९ अन्तर्राष्ट्रिय उडान प्रभावित

२१ भदौ, काठमाडौं । इन्डोनेसियाको अनाक क्राकाटाउ ज्वालामुखीबाट निस्किएको खरानीका कारण जकार्ताको सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन्।

विमानस्थल अस्थायी रूपमा बन्द हुँदा अन्तर्राष्ट्रियसहित २०९ उडान प्रभावित भएको यातायात मन्त्रालयले जनाएको छ।

शुक्रबार रातिदेखि जारी विस्फोटबाट निस्किएको खरानी सुमात्राको लाम्पुङ र जाभाको बान्टेनसम्म फैलिएको छ। खरानीका कारण केही विद्यालयका गतिविधि र माछा मार्ने काम रोकिएको छ।