|  

त्रिशूली–३ ‘बी’मा उद्धार जारी, ३ एक्साभेटरले उत्खनन गरिँदै

२१ भदौ, काठमाडौं ।  रसुवाको भोटेकोसीमा आएको बाढीपछि त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको कार्यालय क्षेत्रमा उद्धार तथा उत्खनन कार्य जारी रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

उद्धारका लागि तीनवटा एक्स्काभेटर र ८९ जना नेपाली सेना परिचालन गरिएको प्राधिकरणले जनाएको छ।