|  

अमेरिकी युद्धपोतमाथि ‘बलिस्टिक क्षेप्यास्त्र प्रहार’

२१ भदौ, काठमाडौं ।  होर्मुज जलमार्ग र ओमानको खाडी क्षेत्रमा अमेरिका र इरानबीचको सैन्य मुठभेड थप तीव्र बनेको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले ‘अनधिकृत’ जलमार्ग प्रयोग गरेको आरोपमा तीन तेल ट्यांकरसहित तीन अमेरिकी सैन्य तथा व्यापारिक पोतमाथि आक्रमण गरेको दाबी गरेको छ ।

अमेरिकी सेन्ट्रल कमान्डले अमेरिकी युद्धपोतमाथि इरानले बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि जवाफी कारबाहीस्वरूप उसका तीन कच्चा तेल ट्यांकरमाथि आक्रमण गरिएको जनाएको छ ।

तीमध्ये एउटा ट्यांकर ओमानको खाडीमा पूर्ण रूपमा डुबेको दाबी गरिएको छ ।