|  

वीरगन्जको क्यासिनोबाट गाउँपालिका अध्यक्ष र इन्स्पेक्टर पक्राउ

२१ भदौ, काठमाडौं । पर्साको वीरगन्जस्थित क्यासिनो गोल्डन फिंगर गेमिङ जोनबाट सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इलाका प्रहरी कार्यालय पोखरियाका इन्स्पेक्टर प्रदीप पौडेल पक्राउ परेका छन् ।

वीरगन्ज महानगरपालिका–१४ गण्डकमा सञ्चालित क्यासिनोबाट उनीहरुलाई पक्राउ गरिएको हो । इन्स्पेक्टर पौडेल इलाका प्रहरी कार्यालय पोखरीयाका इन्चार्ज हुन् ।

उनी आफ्नो कार्यालयको क्षेत्र छाडेर वीरगन्जमा जुवा खेल्न आएको भेटिएको छ ।