|  

कङ्गोमा विवाह समारोहमा आगलागी हुँदा २२ जनाको मृ#त्यु

२१ भदौ, काठमाडौं ।  प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)को राजधानी किन्शासामा विवाह समारोह चलिरहेका बेला भएको आगलागीमा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

यस घटनामा केही अन्य व्यक्ति घाइते भएका छन् ।स्थानीय अधिकारीका अनुसार शनिबार बिहान लिङ्वाला कम्युनमा रहेको विवाह समारोह आयोजना गरिएको भवनमा आगलागी भएको हो । आगलागी हुँदा उक्त भवनमा विवाह समारोह चलिरहेको थियो ।

आगलागीबाट भवनभित्र रहेका विभिन्न सामान तथा सम्पत्तिमा समेत ठूलो क्षति पुगेको अधिकारीहरूले बताएका छन् ।

घाइतेहरूलाई उपचारका लागि किन्शासाका विभिन्न अस्पतालमा लगिएको छ ।आगलागीको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।