|  

चिलिमेको सुरुङभित्र ६ जना फसिरहेको आशंका

२१ भदौ, काठमाडौं । रसुवास्थित २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र ६ जना फसेको आशंका गरिएको छ ।

उनीहरूको उद्धारका लागि आयोजनाका सीईओ बाबुराजा महर्जनसहितको टोली खटिएको छ।

रास्वपा सांसद एवं सुरुङविद् श्रीराम न्यौपानेले पनि ६ जना सुरुङभित्र फसेको सूचना प्राप्त भएको जनाउँदै उद्धारका लागि घटनास्थलतर्फ गएको बताएका छन्।

पछिल्लो विवरणअनुसार चिलिमे सुरुङबाट यसअघि दुई जनाको शव निकालिएको थियो।