|  

कोहलपुरमा जुवा खेल्दै गरेका रास्वपा वडा सभापतिसहित ५ जना पक्राउ

२१ भदौ, काठमाडौं ।  बाँकेको कोहलपुरमा जुवा खेलिरहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वडा सभापतिसहित पाँच जना पक्राउ परेका छन् ।

प्रहरीले कोहलपुर–१३, खड्कवारबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बैजनाथ–४ का कुलबहादुर ओली, कोहलपुर–१२ का धनबहादुर परियार, चन्द्रबहादुर बस्याल, बेलबहादुर डाँगी र कोहलपुर–५ का राम गुरुङ छन्।

ओली रास्वपा बैजनाथ–४ का वडा समिति सभापति रहेको जनाइएको छ। उनीहरूको साथबाट २ लाख २ हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।