२१ भदाै, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सपना र जनताको अपेक्षा पूरा गर्ने दिशामा सरकार प्रतिबद्ध भएर अघि बढिरहेको बताएका छन्।
जेनजी स्मृति पार्कको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री गुरुङले आन्दोलनका क्रममा व्यक्त भएका आकांक्षा तथा सहिदहरूले गरेको बलिदानलाई सरकारले गम्भीर रूपमा लिएको बताए। उनले आन्दोलनका सपना र जनताको अपेक्षा पूरा गर्न केही समय लाग्न सक्ने भए पनि त्यसबाट सरकार पछि नहट्ने स्पष्ट पारे। सरकार त्यसको उद्देश्य हासिल गर्ने दिशामा दृढताका साथ अघि बढिरहेको उनको भनाइ थियो। गृहमन्त्री गुरुङले स्मृति पार्क निर्माण हुनु मात्रै जेन्जी सहिदहरूले न्याय पाएको अर्थ नहुने बताए। उनीहरूको बलिदानको वास्तविक सम्मान र न्यायका लागि अझै थुप्रै काम गर्न बाँकी रहेको उनको भनाइ छ।
उनले सहिदहरूको योगदानलाई स्मरण गर्ने संरचनासँगै उनीहरूले देखेको परिवर्तनलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। सरकारले आन्दोलनबाट उठेका सवाल, सहिद परिवारको अपेक्षा र नागरिकका मागलाई सम्बोधन गर्दै अघि बढ्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar