२१ भदाै, काठमाडौं । लामो समयदेखि आर्थिक दबाबमा रहेको नेपाली अर्थतन्त्रलाई पछिल्ला बाढी र भीषण हिमपहिरोले थप प्रभावित बनाएपछि अर्थ मन्त्रालयले पुनरुत्थानका लागि विशेष कार्यक्रम अघि बढाउने तयारी गरेको छ।
अर्थमन्त्री स्वर्णिम वाग्लेको नेतृत्वमा अर्थ मन्त्रालयले तत्कालीन राहतदेखि आर्थिक गतिविधि पुनः सञ्चालनसम्म केन्द्रित हुने गरी पाँचवटा विशेष योजना तयार गरिरहेको जनाएको छ। यसअन्तर्गत पहिलो चरणमा बाढीबाट प्रभावित व्यवसायलाई लक्षित गर्दै व्यवसाय पुनरुत्थान प्याकेज सार्वजनिक भइसकेको छ। अर्थ मन्त्रालयको अगुवाइमा दुई दिनअघि ल्याइएको उक्त प्याकेजमार्फत प्रभावित व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन आवश्यक सहजीकरण गर्ने लक्ष्य राखिएको छ। पहिलो प्याकेज कार्यान्वयनमा लैजाँदै गर्दा मन्त्रालयले थप चारवटा कार्यक्रमको तयारीसमेत अघि बढाएको छ। ती कार्यक्रममार्फत बाढी तथा हिमपहिरोबाट प्रभावित क्षेत्रको आर्थिक गतिविधि चलायमान बनाउने, निजी क्षेत्रलाई राहत दिने तथा समग्र अर्थतन्त्रमा परेको दबाब कम गर्ने लक्ष्य राखिएको छ।
अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार प्राकृतिक विपत्तिबाट भएको क्षतिलाई तत्कालीन राहतमा मात्रै सीमित नराखी उत्पादन, रोजगारी र व्यवसायिक गतिविधि पुनःस्थापित गर्ने गरी आगामी कार्यक्रम केन्द्रित गरिनेछ। लामो समयदेखि आर्थिक चुनौती सामना गरिरहेको अवस्थामा प्राकृतिक विपत्तिले थपिएको क्षतिलाई सम्बोधन गर्दै अर्थतन्त्रलाई पुनः गति दिने उद्देश्यले सरकारले विशेष प्याकेजहरू क्रमशः सार्वजनिक गर्ने तयारी गरेको हो।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar