२१ भदाै, काठमाडाैं । दक्षिण कोरियाले भोटेकोशी बाढीपछि नेपालको पुनर्निर्माण प्रयासमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
आइतबार सिंहदरबारमा परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका परराष्ट्रमन्त्री चो ह्युनबीच भएको भेटवार्तामा बाढीपछिको खोज, उद्धार तथा राहत र बेपत्ता कोरियाली नागरिकको खोजीबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री खनालले कोरियाली विपद् राहत तथा र्यापिड रेस्पोन्स टोली परिचालन गरेकोमा धन्यवाद दिँदै विपद् प्रतिरोधी र दिगो पूर्वाधार निर्माणका लागि निरन्तर सहयोगको अपेक्षा व्यक्त गरे।
जवाफमा मन्त्री ह्युनले पुनर्निर्माणमा नेपाललाई सहयोग गर्न कोरिया तयार रहेको बताए। जलवायु परिवर्तनबाट प्रभावित नेपालजस्ता देशका पक्षमा अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउने र आवश्यक आर्थिक सहयोगका लागि पहल गर्ने प्रतिबद्धतासमेत उनले जनाए। दुवै मन्त्रीले नेपाल–दक्षिण कोरिया सम्बन्धलाई थप सुदृढ बनाउँदै सहकार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। तीनदिने नेपाल भ्रमणका क्रममा मन्त्री ह्युनले आइतबार परराष्ट्रमन्त्री खनालसँग भेट गरेका हुन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar