२१ भदाै, काठमाडाैं । बाढी र पहिरोका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेपछि रसुवामा हैजाको जोखिम बढेको छ।
जोखिम न्यूनीकरणका लागि २१ हजार डोज हैजाविरुद्धको खोप रसुवा पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान प्रभावित क्षेत्रमा पुर्याइएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोग फैलिन नदिन खोप, औषधि, स्वास्थ्य सामग्री र आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिएकी छन्। निर्देशनअनुसार प्रभावित क्षेत्रमा रोग निगरानी बढाउने, सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिने तथा आवश्यक स्वास्थ्यकर्मी परिचालन गर्ने काम अघि बढाइएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। बाढी प्रभावित क्षेत्रमा रोकथाम, रोगको शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको स्वास्थ्य अधिकारीहरूको भनाइ छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar