|  

नुवाकोटका होल्डिङ सेन्टर व्यवस्थापनबारे छलफल गर्न बैठक बोलाइयो

२१ भदाै, काठमाडाैं । रसुवामा आएको बाढीपछि उद्धार गरिएका व्यक्तिहरूलाई राखिएका नुवाकोटका विभिन्न होल्डिङ सेन्टरको व्यवस्थापनबारे छलफल गर्न जिल्ला प्रशासन कार्यालयले बैठक बोलाएको छ।

कार्यालयले सोमबार दिउँसो ४ बजे प्रशासन कार्यालयको सभाहलमा बैठक आयोजना गर्न लागेको हो। बैठकमा होल्डिङ सेन्टरको व्यवस्थापन, उद्धार गरिएका व्यक्तिको आवश्यक सेवा तथा अन्य व्यवस्थापकीय पक्षबारे छलफल हुने जनाइएको छ। जिल्ला प्रशासन कार्यालयले छलफलमा सहभागी हुन नुवाकोटमा क्रियाशील सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिलाई आमन्त्रण गरेको छ।