२१ भदाै, काठमाडाैं । भोटेकोशी बाढीपीडितका लागि थाइल्याण्डले राहत तथा उद्धार सामग्री पठाएको छ।
झण्डै २० हजार किलो सामग्री बोकेको थाई एयर फोर्सको विमान बैंककबाट काठमाडौं आइपुगेको हो।थाइल्याण्ड सरकारले पठाएको राहत सामग्री नेपालका लागि थाई राजदूत वापोङ सिरिसोर्नले विज्ञान तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन्। भोटेकोशी बाढीपछि नेपाललाई चीन, भारत, दक्षिण कोरिया, जापान, अमेरिका, अष्ट्रेलिया, बेलायतसहित विभिन्न देशले राहत तथा उद्धारमा सहयोग गरिरहेका छन्।
भदौ १० गते हिमताल फुटेपछि भोटेकोशीमा आएको विनाशकारी बाढीमा ठूलो मानवीय क्षति भएको छ। प्रहरीका अनुसार हालसम्म १,३४१ जनाको शव फेला परेको छ भने ४,०४४ जना अझै सम्पर्कविहीन छन्। फेला परेका शवमध्ये ३२५ महिला, ५२३ पुरुष र ४९३ जनाको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar