२२ भदाै, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी रहने भएको छ।
पार्टीका समसामयिक विषयमा छलफल गर्न बैठक दिउँसो १ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्न लागेको हो। कार्यसम्पादन समितिको शनिबार बसेको बैठकमा १७ जना नेताले आफ्नो धारणा राखिसकेका छन्। बैठकमा पार्टीको पछिल्लो राजनीतिक अवस्था तथा विभिन्न समसामयिक विषयमा नेताहरूले धारणा प्रस्तुत गरेका थिए। शनिबारको बैठकमा पार्टी सभापति गगन थापाले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि आफूले गरेको स्थलगत अवलोकनबारे जानकारी गराएका थिए।
उनले बाढी प्रभावित क्षेत्रको निरीक्षण, पीडित परिवारसँगको भेटघाट तथा स्थानीयसँगको छलफलबाट प्राप्त जानकारी बैठकमा प्रस्तुत गरेका थिए। प्रभावित क्षेत्रको वास्तविक अवस्था, उद्धार तथा राहतका विषयमा समेत उनले नेताहरूलाई जानकारी गराएको बताइएको छ। आजको बैठकमा बाँकी नेताहरूले आफ्नो धारणा राख्ने तथा छलफललाई थप निष्कर्षतर्फ लैजाने तयारी रहेको कांग्रेसले जनाएको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar