२२ भदाै, काठमाडाैं । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारमा ट्याक्टर मैवाखोलामा खस्दा दुई जना बेपत्ता भएका छन्।
आठराई त्रिवेणी गाउँपालिका–को हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर सोमबार बिहान मैवाखोलाको पुलनजिकबाट करिब १५ मिटर तल खसेर खोलाले बगाएको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्याक्टरमा सवार मेरिङदेन गाउँपालिका–६ नाल्बोका १४ वर्षीय समीर नाल्बो इलाका प्रहरी कार्यालय दोभानमा पुगेर घटनाबारे जानकारी गराएका थिए।
प्रहरीका अनुसार दुर्घटनामा परेको ट्याक्टर पुलबाट करिब २० मिटर तल मैवाखोलाको बगरमा फेला परेको छ। तर ट्याक्टर चालक समीर बराइली र त्यसमा सवार अनिल नाल्बोलाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक कमल बजगाईले जानकारी दिए। बेपत्ता दुई जनाको खोजीका लागि प्रहरी निरीक्षक विन्देश्वर यादवको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ। प्रहरीका अनुसार दुर्घटनामा परेको ट्याक्टर अरुण भेनियर कम्पनीको हो। घटनाबारे कम्पनीका सञ्चालक प्रकाश नाल्बोसँग आवश्यक समन्वय भइरहेको प्रहरीले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय दोभानबाट करिब ८ सय मिटर उत्तरतर्फ पर्छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar