२२ भदाै, काठमाडाैं । ग्रीसको एथेन्समा आयोजित ‘एथेन्स फ्लाइङ विक’ अन्तर्राष्ट्रिय एयर शोका क्रममा शनिवार वायुसेनाको एउटा लडाकु विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ ।
ग्रीसको राष्ट्रिय प्रसारक इआरटीकाअनुसार तानाग्रा एयर बेसमा प्रदर्शनका क्रममा उक्त दुर्घटना भएको हो । हेलेनिक वायुसेनाको उडान प्रदर्शन शुरु भएको केही मिनेटमै एफ-४ ई फ्यान्टम २ लडाकु विमानले दाहिने मोड लिने क्रममा अचानक उचाई गुमाएर दुर्घटनाग्रस्त भएको थियो । विमान खसेलगत्तै दुई टुक्रा भएको र दुई फरक स्थानमा भीषण आगलागी भएको इआरटीले जनाएको छ । सैनिक स्रोतकाअनुसार दुर्घटनामा परेका दुवै पाइलटलाई घटनास्थलबाट केही दुरीमा अचेत अवस्थामा फेला पारिएको थियो । ग्रीसका रक्षामन्त्री निकोस डेन्डियासले पाइलटहरूको मृत्यु भएको पुष्टि गर्दै यस दुःखद् घटनाको सन्दर्भमा सशस्त्र बलमा शनिवारदेखि सोमवारसम्म तीन दिने शोकको घोषणा गर्नुभएको छ ।
ज्यान गुमाउने दुवै पाइलटसँग हजारौँ घण्टा उडान भरेको लामो अनुभव रहेको सैन्य स्रोतले जानकारी दिएको छ ।
युरोप र एशियाका विभिन्न देशका हवाई टोलीहरूको सहभागिता रहने दुई दिने एथेन्स फ्लाइङ विकका क्रममा यो अप्रत्याशित दुर्घटना भएको हो ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar