२२ भदाै, काठमाडाैं । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले देशमा आइपरेको अकल्पनीय प्राकृतिक विपत्तिको सामना गर्न सबै पक्षलाई राजनीतिक तथा दलीय मतभेद त्यागेर एकजुट हुन आह्वान गरेका छन् ।
जनकपुरमा आयोजित लायन्स क्लवको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधीले विपद्को यस घडीमा उद्धार, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन् । नेता निधीले मुलुकमा हालै आएको बाढीपहिरोका कारण ठूलो मानवीय र भौतिक क्षति भएको उल्लेख गरे । नेपाल प्रहरीको तथ्याङ्कलाई उद्धृत गर्दै उनले हालसम्म १ हजार ३ सय बढीको मृत्यु भएको र ४ हजार ९ सयभन्दा बढी मानिस सम्पर्कविहीन रहेको जानकारी दिए ।
मधेस प्रदेशमा मात्रै अझै १६२ जना सम्पर्कविहीन रहेको र उनीहरूको अवस्था अज्ञात रहनु दुःखद भएको उनको भनाइ छ । नेता निधीले रसुवाको नेत्रवती, ढुङ्गे बजार र नुवाकोटका विभिन्न क्षेत्रमा भएको विनाशले जनजीवन तहसनहस पारेको बताए । विपद् व्यवस्थापनका तीन चरण–उद्धार, राहत र पुनर्निर्माणको चर्चा गर्दै नेता निधीले विगत ११ दिनदेखि सुरक्षा निकायहरू निरन्तर उद्धार कार्यमा खटिएको बताए । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सिमित स्रोतसाधनका बाबजुद प्रशंसनीय काम गरेको उनले उल्लेख गरे ।
साथै, छिमेकी मुलुक भारत र चीनसहित अन्तर्राष्ट्रिय जगतले पु¥याएको सहयोगप्रति उहाँले आभार प्रकट गरेका छन् । नेता निधीले भने,‘हामीले अहिलेसम्म यति ठूलो विपत्ति व्यहोरेका थिएनौं । यस्तो बेला जात, वर्ण, लिङ्ग, धर्म र राजनीतिभन्दा माथि उठेर मानवीय सेवामा केन्द्रित हुनुपर्छ । ४,९०० भन्दा बढी मानिस अझै सम्पर्कविहीन छन् । मधेस प्रदेशमा मात्रै १६२ जना सम्पर्कविहीन रहेको जानकारी छ । शुरुमा १९२÷२०० जनाको संख्या रहे पनि ३० जना सम्पर्कमा आएका छन् । सम्पर्कविहीन हुनु आफैँमा दुःखद् र चिन्ताजनक अवस्था हो । भौतिक क्षतिको त कुरै नगरौँ । रसुवाको नेत्रावती, ढुङ्गे बजारदेखि नुवाकोटसम्म ठूलो क्षति भएको छ । यस्तो विपत्ति हामीले यसअघि भोगेका थिएनौँ । अहिलेका तीन प्राथमिक काम हुन्, उद्धार, राहत र पुनर्निर्माण । सबैभन्दा पहिलो प्राथमिकता भनेको उद्धार र मानवीय जीवन बचाउनु हो ।’ जलविद्युत क्षेत्रमा भएको क्षतिप्रति चिन्ता व्यक्त गर्दै नेता निधीले हाइड्रोपावर आयोजनाहरूमा कार्यरत कर्मचारीहरूको ज्यान जानु र भौतिक संरचना ध्वस्त हुनु राष्ट्रका लागि अपूरणीय क्षति भएको बताएका छन् । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar