|  

इन्डोनेसियामा भीषण आगलागी, बालबालिकासहित ११ जनाको मृ#त्यु

२२ भदाै, काठमाडाैं ।  इन्डोनेसियाको सेन्ट्रल पपुवा प्रान्तस्थित पानियाईमा सोमबार मध्यरातपछि भएको भीषण आगलागीमा परी ६ बालबालिकासहित ११ जनाको मृत्यु भएको छ ।

आगलागीका कारण कम्तीमा ४० वटा पसल तथा घर जलेर नष्ट भएका छन् । सोमबार मध्यरातपछि बजार क्षेत्रमा आगो लाग्न सुरु भएको थियो । सुरुमा एउटा क्षेत्रमा देखिएको आगो तीव्र गतिमा फैलिँदै आसपासका पसल तथा घरहरूमा पुगेको थियो ।

घटनास्थलको निरीक्षणका क्रममा ११ जनाको शव फेला परेको थियो । मृत्यु हुनेमध्ये पाँच जना वयस्क र ६ जना बालबालिका रहेका छन् ।

मृतक बालबालिकाको उमेर २ देखि ९ वर्षसम्म रहेको प्रहरीले जनाएको छ ।आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।