|  

बाढीपीडितलाई कोठा भाडा तिर्न विदुर नगरपालिकाले १० हजार दिने

२२ भदाै, काठमाडाैं । भोटेकोशी बाढीका कारण घर बस्न योग्य नरहेका प्रभावित परिवारलाई विदुर नगरपालिकाले कोठा भाडाबापत प्रतिपरिवार १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

आइतबार बसेको नगर कार्यपालिकाको १३४औँ बैठकले प्रभावितलाई होल्डिङ सेन्टरको बसाइ छोट्याउँदै भाडामा कोठा लिएर बस्न प्रोत्साहित गर्ने निर्णय गरेको हो ।

नगरप्रमुख राजन श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विस्थापित परिवारको पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ।