|  

खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गर्ने तीन जना पक्राउ

२२ भदाै, काठमाडाैं । काठमाडौंको रातोपुलमा खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा मासु पसल सञ्चालकसहित तीन जना पक्राउ परेका छन् ।

भदौ २० गते साँझ प्रहरीले गोप्य सूचनाका आधारमा रातोपुलस्थित सफिक मासु पसलमा छापा मार्दा बाख्री काटेर मासु बिक्रीका लागि राखिएको अवस्थामा फेला पारेको जनाएको छ ।

उक्त मासु खसीको भन्दै प्रतिकिलो १ हजार ८ सय रुपैयाँमा बिक्री भइरहेको थियो । पसलमा काट्नका लागि एउटा जिउँदो बाख्रीसमेत राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा महमद इम्रान मन्सुरी, अरुण कार्की र सुजन रसाइली रहेका छन्।