|  

बाढीबाट पीडित परिवारको आँसु पुछ्न सबै एकजुट बन्नुपर्छः जनार्दन शर्मा

२२ भदाै, काठमाडाैं ।  पूर्वमन्त्री जनार्दन शर्माले भोटेकोशी बाढीबाट पीडित परिवारको आँसु पुछ्न सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत उनले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दै बेपत्ताको खोज तथा उद्धारलाई निरन्तरता दिन आग्रह गरेका छन्।

साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।