|  

प्रधानमन्त्री राष्ट्रसंघ महासभामा भाग लिन असोज ६ गते अमेरिका जाने

२२ भदाै, काठमाडाैं ।  प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन असोज ६ गते अमेरिका जाने भएका छन् ।

भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि जलवायु परिवर्तनका असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्री शाह न्यूयोर्क जान लागेका हुन् ।

यसअघि महासभामा परराष्ट्रमन्त्री सहभागी हुने तय भए पनि बाढीपछि प्रधानमन्त्री शाह स्वयं जाने निर्णय भएको हो ।