|  

टिकटक भिडियो बनाउँदा महाकालीमा किशोरी बेपत्ता

२२ भदाै, काठमाडाैं । महाकाली नदीमा बगेर कञ्चनपुरकी एक किशोरी बेपत्ता भएकी छन् ।

दोधारा–चाँदनी नगरपालिका–१० खडखडेनजिकै १५ वर्षीया श्रृष्टि सुनार महाकाली नदीमा बेपत्ता भएकी हुन् ।

नदी किनारमा टिकटक भिडियो बनाउने क्रममा सुनार बेपत्ता भएको जनाएको छ ।