२२ भदाै, काठमाडाैं । इरानको विदेश मन्त्रालयले सोमबार दक्षिण कोरियालाई होर्मुज जलसन्धिमा अमेरिकी अभियानमा सैन्य तैनाथी वा सहभागिता नजनाउन चेतावनी दिएको छ ।
इरानले यस्तो कदमले ‘गम्भीर परिणाम’ निम्त्याउन सक्ने जनाएको छ । दक्षिण कोरियाले शुक्रबार रणनीतिक महत्वको होर्मुज जलसन्धिमा अमेरिकी सुरक्षा प्रयासमा योगदान गर्ने विषयमा विचार गरिरहेको जनाएको थियो ।
फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिकासँग युद्ध सुरु भएयता इरानले यस क्षेत्रमा ठूलो हदसम्म नियन्त्रण कायम राखेको छ । सोलले आफ्नो सैन्य तयारीमा असर नपर्ने सर्तमा सम्भावित सहभागिताबारे विचार गरिरहेको जनाएको छ । तर यस विषयमा कुनै निर्णय भइनसकेको पनि उसले स्पष्ट पारेको छ ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकायीले सोमबार दक्षिण कोरियालाई अमेरिकी दबाब र धम्कीको अगाडि नझुक्न आग्रह गरे ।
“फारसी खाडी वा होर्मुज जलसन्धिमा अन्य देशले गर्ने कुनै पनि सैन्य तैनाथी वा अभियानमा सहभागितालाई आक्रामकताका लागि जिम्मेवार पक्षको प्रत्यक्ष समर्थनका रूपमा मात्र बुझ्न सकिन्छ र यसका गम्भीर परिणाम हुनेछन्”, उनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन् ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar