|  

पूर्वप्रधानमन्त्री कार्कीको सन्देशः जनता फेरि सडकमा आउनुपर्ने अवस्था नबनोस्, सबै जिम्मेवार बनौं

२३ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले ‘सुशासन छैन भने संसद्को दुई तिहाइ बहुमतले पनि स्थिरता दिन सक्दैन,’ भन्ने  स्पष्ट सन्देश जेनजी आन्दोलनले राज्य र राजनीतिक नेतृत्वलाई दिएको बताएकी छन् ।

आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिक सम्मान सुनिश्चित गर्न सरकार प्रभावकारी बन्नुपर्नेमा जोड दिइन्।

उनले आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेकी छन्।