|  

इजरायलका स्याहार केन्द्रमा १,४६४ नेपाली कामदार माग, तलब ३ लाख माथि 

२३ भदौ, काठमाडौं । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि १,४६४ जनाको आवेदन खुलेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार १,१३२ महिला र ३३२ पुरुष माग गरिएको हो । २५ देखि ४५ वर्ष उमेरका इच्छुकले असोज २६ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । 

छनोट भएका कामदारले मासिक ६ हजार ४४३.८५ इजरायली मुद्रा तलब पाउनेछन् । इजरायली सरकारको नियमानुसार ओभरटाइम सुविधासमेत उपलब्ध हुने सूचनामा उल्लेख छ।

कामदारले सातामा ४२ घण्टा अनिवार्य काम गर्नुपर्नेछ भने हप्तामा एक दिन मात्र बिदा पाउनेछन्।कामदारका लागि खानाको व्यवस्था नहुने भए पनि बस्ने व्यवस्था कम्पनीले गर्नेछ । तर, बसोबासको खर्च भने कामदार स्वयंले व्यहोर्नुपर्नेछ।