|  

पाकिस्तानमा फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२३ भदौ, काठमाडौं ।  पाकिस्तानमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको छ ।

पाकिस्तान सरकारले जारी गरेको नयाँ सूचनाअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १२.९० रुपैयाँ र डिजेलको मूल्य ३.७२ रुपैयाँ बढाइएको हो।

मूल्यमा भएको नयाँ वृद्धिसँगै देशमा पेट्रोलको मूल्य प्रतिलिटर ३५८.७७ रुपैयाँ पुगेको छ। त्यस्तै, डिजेलको मूल्य प्रतिलिटर ३८१.७७ रुपैयाँ पुगेको छ।