|  

ट्रम्पको धम्कीकाबिच ईयूले ग्रिनल्यान्डलाई दियो २० करोड यूरो सहयोग

२३ भदौ, काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बारम्बार ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्ने धम्की दिइरहेका बेला युरोपेली संघ ईयूले ग्रिनल्यान्डसँगको सम्बन्ध थप बलियो बनाउने घोषणा गरेको छ ।

ईयूले ग्रिनल्यान्डका लागि २० करोड युरो (२३ करोड २० लाख डलर)बराबरको लगानी प्याकेज घोषणा गरेको हो ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनले सोमबार ग्रिनल्यान्डको राजधानी नूकमा आयोजित कार्यक्रममा आगामी दुई वर्षमा स्थानीय जनताको जीवनस्तर सुधार गर्ने उद्देश्यले यो प्याकेज घोषणा गरेकी हुन् ।

ईयू, ग्रिनल्यान्ड र डेनमार्कबीच संयुक्त घोषणापत्रमा पनि हस्ताक्षर भएको छ । ईयूले सन् २०२८ देखि २०३४ सम्मको आफ्नो आगामी बजेट अवधिमा ग्रिनल्यान्डलाई दिने प्रत्यक्ष आर्थिक सहयोग दोब्बर बनाउने प्रस्तावसमेत गरेको छ ।