|  

गंगा नदीको कटानले १७५ वर्ष पुरानो शिव मन्दिर ढल्यो

२३ भदौ, काठमाडौं ।  भारतको पश्चिम बंगालस्थित माल्दा जिल्लामा गंगा नदीको तीव्र कटानका कारण झन्डै १७५ वर्ष पुरानो शिव मन्दिर ढलेको छ ।

रातुआ क्षेत्रमा रहेको मुनिरामटोला शिव मन्दिर आइतबार साँझ गंगा नदीमा खसेको हो । मन्दिर गत वर्षदेखि नै नदी कटानको जोखिममा थियो ।

मन्दिर जोगाउन अस्थायी सुरक्षात्मक कामसमेत गरिएको थियो ।तर, शनिबार नदी किनारको ठूलो हिस्सा कटान भएपछि आइतबार साँझ गंगाले मन्दिरको सम्पूर्ण संरचना बगायो ।