२३ भदाै, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता तथा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले जेन-जी आन्दोलनका क्रममा भएका घटनामा संलग्न सबैमाथि निष्पक्ष अनुसन्धान गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार विज्ञप्ति जारी गर्दै उनले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गरी त्यसका सिफारिस पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह गरेका हुन्। आङ्देम्बेका अनुसार आयोगले २३ भदौको प्रदर्शनलाई हिंसात्मक बनाउन उक्साउने, घुसपैठ गर्ने र अत्यधिक बल प्रयोग गर्ने तथा २४ भदौमा विध्वंसमा संलग्न पक्षमाथि कारबाही गर्न सिफारिस गरेको छ। राजनीतिक संरक्षण वा सत्ताको प्रभावका आधारमा कसैलाई उन्मुक्ति दिन नहुने बताउँदै उनले राज्यशक्तिको दुरुपयोग गर्ने र आन्दोलनका नाममा कानुन हातमा लिने दुवै पक्षलाई कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राखेका छन्।
राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन गौरीबहादुर कार्की आयोगको प्रतिवेदनभन्दा विश्वसनीय रहेको दाबी गर्दै आङ्देम्बेले सत्ता नेतृत्वलाई जोगाउन प्रतिवेदनमा हस्तक्षेप भएको हुनसक्ने आशंकासमेत व्यक्त गरेका छन्। उनले आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको दीर्घकालीन उपचार तथा पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।
साथै, जेन-जी आन्दोलनका मागलाई राजनीतिक स्वार्थभन्दा माथि उठेर राज्यको नीति, शासन र व्यवहारमा सम्बोधन गर्नुपर्ने उनले बताएका छन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar