|  

नुवाकोटमा ८० हजारभन्दा बढी डोज खोप पठाइयो

२३ भदाै, काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्री प्रभावित जिल्लामा पठाउन थालेको छ।

मन्त्रालयले मंगलबार नुवाकोटका लागि ८० हजार ५२३ डोज हैजाविरुद्धको खोप पठाएको छ। खोपसँगै १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, २२० थान आइस प्याक र आठ थान फ्रिज ट्यागसमेत पठाइएको मन्त्रालयले जनाएको छ। रसुवामा भने यसअघि नै हेलिकप्टरमार्फत खोप पुर्‍याइसकिएको छ। त्यहाँ बिहीबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी छ। बाढीका कारण खानेपानी र सरसफाइ प्रणाली प्रभावित हुँदा हैजा लगायत पानीजन्य रोग फैलिने जोखिम बढेकाले प्रभावित क्षेत्रमा संक्रमण नियन्त्रणलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।