|  

मनकामना केबलकारका कर्मचारीद्वारा बाढी पीडितलाई ३ लाख ११ हजार सहयोग

२३ भदाै,काठमाडाैं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापना कार्यका लागि मनकामना केबलकारका सम्पूर्ण कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन् ।

कर्मचारीहरूले आफ्नो दुई दिनको तलब बराबरको रकम योगदानस्वरूप जम्मा गरेका हुन् । कर्मचारीहरूको तर्फबाट संकलित कुल ३ लाख ११ हजार २२२ रुपैयाँ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ ।