२३ भदाै, काठमाडाैं । नेपालीका ठूला चाडपर्व नजिकिँदै गर्दा प्राकृतिक विपद्का कारण दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुनसक्ने भन्दै उपभोक्ता जागरण अभियान-नेपालले सरकारको ध्यानाकर्षण गराएको छ।
भोटेकोशी नदीमा आएको बाढी तथा पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध भएपछि उत्पन्न अवस्थालाई मध्यनजर गर्दै अभियानले बजार नियमन प्रभावकारी बनाउन र वस्तु तथा सेवाको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेको हो। भक्तपुरको लोकन्थलीमा सम्पन्न अभियानको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनले चाडपर्वका बेला हुनसक्ने कालोबजारी, कृत्रिम अभाव र अनुचित व्यापारिक गतिविधि नियन्त्रणलाई प्राथमिकता दिनुपर्ने निर्णय गरेको छ। सूचना आयोगका पूर्वप्रमुख आयुक्त एवं नेपाल सरकारका पूर्वसचिव कृष्णहरि बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले उपभोक्तामाथि हुने सम्भावित शोषण रोक्न बजार अनुगमन तथा नियमनलाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar