|  

४ पटक फोन गर्दा पनि देउवाले दिएनन् गगनलाई भेट 

२३ भदौ, काठमाडौं ।  नेपाली कांग्रेस सभापति गगनकुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवासँग भेट्न नपाएको गुनासो गरेका छन् ।

सोमबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा थापाले देउवाका स्वकीय सचिव भानुलाई चार पटक सम्पर्क गर्दा पनि भेटको वातावरण नबनेको बताए ।

भानुमार्फत सम्भव नभएपछि देउवा निकटका अन्य नेतासँग समेत भेट मिलाइदिन आग्रह गरे पनि सफल नभएको उनको भनाइ थियो ।

सोमबारको बैठकमा गगनले पार्टीलाई एक बनाउन आफूले गरिरहेको प्रयासबारे जानकारी गराएका थिए। उनले यसबीच नेताहरू पूर्णबहादुर खड्का‚ शेखर कोइरालासँग संवाद गरेर पनि विषय सकारात्मक दिशामा अघि बढेको मात्र ब्रिफ गरेका थिए ।