२३ भदाै, काठमाडाैं । गोरखाको चुमनुब्री क्षेत्रमा बाढीले दुईवटा पुल बगाएपछि मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा जोखिमपूर्ण बनेको छ।
जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय गोरखाले अर्को सूचना जारी नभएसम्म यी दुवै पदमार्गमा पदयात्रा नगर्न आग्रह गरेको छ। आइतबार सूचना जारी गर्दै प्रशासनले पदयात्रीसँगै पर्यटन व्यवसायी, पथप्रदर्शक र सम्बन्धित सबैलाई पदयात्रा स्थगित गर्न अनुरोध गरेको हो। प्रशासनका अनुसार भदौ २१ गते बिहान करिब साढे ३ बजे चुमनुब्री गाउँपालिका-४ नामरुङस्थित थेराङखोलामा आएको बाढीले दुईवटा पुल बगाएको थियो।
बाढीले चुमनुब्री गाउँपालिका-४ र वडा नम्बर २ जोड्ने फलामे पुल तथा गाउँपालिकाबाट नामरुङ जंगलतर्फ जाने बूढीगण्डकी नदीमाथिको झोलुङ्गे पुल बगाएको प्रशासनले जनाएको छ। पुल बगेपछि स्थानीयको आवागमन प्रभावित हुनुका साथै मनास्लु र लार्केपासतर्फ जाने पदमार्गमा समेत जोखिम बढेको छ। यात्रामा रहेका वा पदयात्राको तयारीमा रहेका पर्यटकलाई तत्काल यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ। बाटोमा कुनै विपद् वा असामान्य अवस्था देखिएमा नजिकको प्रहरी चौकी, सुरक्षा निकाय वा स्थानीय तहलाई तत्काल जानकारी गराउन पनि भनिएको छ। सम्भावित दुर्घटना तथा जनधनको क्षति रोक्न प्रशासनले जारी गरेको सूचनाको पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ। पुल पुनः सञ्चालनमा नआएसम्म र पदमार्ग सुरक्षित रहेको जानकारी नआएसम्म मनास्लु तथा लार्केपास क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह छ।

Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar