|  

सुनको मूल्य एकैदिन ३ हजार ५ सय रुपैयाँले बढ्यो

२३ भदाै, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला ३ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार यसको मूल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला १ सय रुपैयाँले बढेर ४ हजार ७ सय ९० रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ६ सय ९० रुपैयाँमा कारोबार भएको थियो।