|  

अब सामाजिक सञ्जालमा अशिष्ट शब्द लेख्नेको स्क्रिनसट उसकै घरमा पठाइने

२३ भदौ, काठमाडौं । नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा अशिष्ट र अपाच्य शब्द कमेन्ट गर्नेकै घरमा स्क्रिनसट समेटिएको पुस्तक पठाउने भएको छ ।

पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एमालेका नेताहरूले ८० प्रतिशत राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा अशिष्ट, अपाच्य शब्द लेख्ने र कमेन्ट गर्ने गरेको बताए ।

उनीहरूले त्यसको स्क्रिनसट संकलन गरेर पुस्तक बनाउने र कमेन्ट गर्नेकै घरमा पठाइदिने बताएका छन्।

सामाजिक सञ्जालको दुरुपयोग गरेर व्यक्तिको चरित्र हत्या गर्ने, अशिष्ट अभिव्यक्ति तथा समाजमा घृणा र द्वैष फैलाउने गतिविधिमाथि प्रहरीले तीव्रगतिमा कारबाही गर्न नसकेको एमाले नेताहरुको टिप्पणी रहेको छ।