२३ भदाै, काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गत वर्ष भएको जेनजी आन्दोलनलाई नयाँ जागरणको विस्फोटका रूपमा व्याख्या गरेका छन्।
जेनजी शहीद दिवसका अवसरमा वक्तव्य जारी गर्दै लामिछानेले लामो समयदेखि मौलाउँदै आएको भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत असक्षमता, नागरिक अधिकारमाथिको नियन्त्रण र अवसरको अभावले युवापुस्तामा निराशा बढाएको बताएका छन्। यही निराशाविरुद्ध जेनजी पुस्ता सडकमा आउन बाध्य भएको उनको भनाइ छ। उनले भाद्र २३ र २४ गते भएको घटनालाई अत्यन्त पीडादायी क्षणका रूपमा स्मरण गर्दै त्यस्तो अवस्था भविष्यमा दोहोरिन नहुने बताएका छन्। नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजको माग गर्दै ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले आन्दोलनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
लामिछानेका अनुसार राजनीतिमा चासो नराख्ने भनिएको युवा पुस्ता सडकमा उत्रिएर पुरानो राजनीतिक शैलीप्रति असहमति प्रकट गरेको हो। युवाले सडकबाट उठाएका प्रश्नको जवाफ दिने जिम्मेवारी अहिले रास्वपामाथि आएको उनले उल्लेख गरेका छन्। उनले सत्ता र राजनीतिमा रहेकाहरूलाई पनि निरन्तर नागरिक खबरदारी आवश्यक रहेको बताएका छन्। आफ्ना कामको कठोर समीक्षा गर्न रचनात्मक खबरदारी जारी राख्न युवा, नागरिक समाज तथा आम नागरिकलाई उनले आग्रह गरेका छन्। लामिछानेले निराशालाई राजनीतिक भाष्य बन्न नदिन र नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा बदल्नुपर्नेमा जोड दिएका छन्।
उनले जेनजी आन्दोलनले देखाएको बाटोबाट रास्वपा विचलित नहुने प्रतिबद्धता जनाउँदै विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गमा अघि बढ्ने बताएका छन्। आन्दोलनका क्रममा ज्यान गुमाउने युवासँगै कर्तव्य पालनाका क्रममा ज्यान गुमाएका प्रहरीप्रति पनि लामिछानेले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar