|  

सरकारको विरोध गर्दा जेनजी आन्दोलनका घाइतेलाई प्रहरीले समात्यो

२३ भदौ, काठमाडौं । सरकारको विरोध गर्दै आवाज उठाएपछि मंगलबार जेनजी आन्दोलनका घाइते पवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनमा गृहमन्त्रीसहित मन्त्रीहरू सहभागी कार्यक्रममा विरोध जनाएपछि खड्कालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन् ।

सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाका लागि केही नगरेको भन्दै खड्काले कार्यक्रममा आवाज उठाएका थिए ।

आफूलाई बोल्न दिनुपर्ने माग गर्दै विरोध जनाएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।खड्का जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्ति हुन् ।