२३ भदाै, काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले जेन-जी आन्दोलनका माग पूरा नहुन अर्को गोली चल्नुपर्ने बताउनुभएको छ ।
जेन-जी शहीद दिवसका अवसरमा जेन-जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उहाँले अब गोली चलाउने हिम्मत कसैको नभएको बताउनु भयो । शहीद परिवार, घाइते तथा जेन-जी पुस्ताका माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको उहाँको भनाई छ । उहाँले शहीद परिवार र घाइतेलाई सरकारले माग पूरा नगर्ने हो कि भन्ने आशंका नगर्न आग्रह गर्नुभयो । उहाँले जनताले आफूलाई दिएको जिम्मेवारी ईमानदारीताका साथ पूरा गर्ने दाबी गर्नुभयो । मन्त्रीको पद र शक्ति आफ्नो लागी सामान्य भएको उहाँको भनाई छ । आफूमा सत्ताको लोभ वा घमण्ड कहिल्यै नआउने उहाँले दाबी गर्नुभयो । उहाँले सुशासनको जगमा बनेको वर्तमान सरकार भ्रष्टाचारविरुद्ध कडा रूपमा प्रश्तुत हुने बताउनु भयो । उहाँले भन्नुभयो, ‘शहीदका परिवारले पनि कतिचोटी भन्नुहुन्छ हाम्रो माग पूरा हुँदैन कि क्या हो भनेर भन्नुहुन्छ । सम्पूर्ण घाइतेहरू, शहीद परिवारहरूलाई र सम्पूर्ण जेन–जी युवा पुस्ताहरूलाई के भन्न चाहन्छु भने हाम्रो माग पूरा नहुन अर्को एउटा देशमा गोली चल्नुपर्छ, त्यो चाहिँ मेरो शिरबाट मात्र हुन्छ । तपाईंको यो मन्त्री, तपाईंको यो दाइ, भाइ, छोरा एउटै कुराले ढल्छ भनेको त्यो कुरा भनेको गोलीले हो । अर्को गोली चल्नुपर्छ । र अर्को गोली चल्नलाई यो देशमा कसैको हिम्मत छैन । कसैले चलाउनलाई यो देशमा हिम्मत गर्न सक्दैन । त्यही भएर म तपाईँहरूलाई विश्वास दिलाउन चाहन्छु, जबसम्म मेरो यो ज्यानमा प्राण छ, कुनै नेपाली, कुनै दाजुभाइ, दिदीबहिनीहरूलाई दुःख हुन्न । कमी–कमजोरी होला, तर सकेसम्म आफूले भ्याएसम्म नेपाल सरकारको जिम्मेवारी उठाएर कसैलाई दुःख हुन दिन्नौँ । तपाईँले आफ्नो छोरा, छोरी गुमाउनुभयो होला, तर रगतको नाता पनि नहोला हामीमा, तर परिवर्तनका चाहना, उहाँहरूको सपना, जसरी उहाँहरू लड्नुभएको थियो, त्यो सपनालाई राखेर मलाई आफ्नै परिवार, आफ्नै छोरा, आफ्नै दाइ, आफ्नै भाइ सम्झेर मलाई व्यवहार गर्दिनुहुन्छ भनेर म आशावादी पनि छु । म तपाईँकै छोरा भनेर सोच्नुस्, त्यो मन्त्रीको कुर्सी मेरो लागि १५ हजारको लागि मात्र हो, १५ हजारको कुर्सी मात्र हो त्यो, जुन तरिकाले तपाईँले मलाई त्यहाँ पठाउनुभएको छ, मेरो काँधमा जिम्मेवारी दिएर पठाउनुभएको छ । त्यो पद मेरो लागि जिम्मेवारी हो ।’
वर्तमान सरकारले भाषणभन्दा कामलाई प्राथमिकता दिएको उहाँको दाबी छ । हरेक दिन मन्त्रालय प्रवेश गर्दा आफूले जिम्मेवारी पूरा गर्न सक्ने कि नसक्ने भन्ने आफूमा डर रहने गरेको उहाँले बताउनु भयो । सुरक्षाकर्मीको मनोबल बढाउने, जेन–जी पुस्ताको सपना साकार पार्ने र नेपाली नागरिकको आशा पूरा गर्ने जिम्मेवारी आफूहरूमाथि रहेको उहाँको भनाई छ ।– न्युज एजेन्सी नेपाल ।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar