२३ भदाै, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका शहीदहरूको बलिदान खेर जान नदिने बताउनुभएको छ ।
जेन-जी शहीद दिवसका अवसरमा जेन-जी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उहाँले सुशासनको पक्षमा आवाज उठाउँदा ज्यान गुमाएका शहीदहरुको बलिदान खेर जान नदिने बताउनुभएको हो । उहाँले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध कठोर भएर लाग्ने बताउनु भयो । पूर्व वा बहालवाला जुनसुकै पदाधिकारी भएपनि भ्रष्टाचार गरेको प्रमाणित भएमा कारबाही हुने उहाँको भनाई छ । १ रुपैयाँ पनि भ्रष्टाचार गरेको प्रमाणित भएमा प्रत्येकको कठालो समातेर कारबाही गर्ने उहाँको दाबी छ । उहाँले शहीदका परिवार, घाइते तथा आन्दोलनका माग पूरा गर्न सरकारलाई आग्रह पनि गर्नुभयो । उहाँले जेन–जी शहीदका कारण देशमा नयाँ सुशासनको आधार बनेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘आमा तिमीलाई लागेको होला मेरो गर्भबाट जन्मेको छोरो म¥यो, म एक्लो परेँ । होइन आमा, तिम्रो छोरो मरेको होइन । तिम्रो छोरो यो समाजमा, यो देशमा एउटा बिउ बनेर रोपिएको छ । तिम्रो छोरो म¥यो, नयाँ सुशासनको वृक्ष उम्रिएको छ । तिम्रो छोरो बिउ बनेर रोपिएपछि नयाँ सुशासनका वृक्षहरु उम्रिएको हो । तिम्रो गर्भमा, तिम्रो गर्भमा सपूतले बास गरेको रहेछ, कपूतले बास गरेको होइन । म तिम्रो गर्भलाई यहाँबाट प्रणाम गर्न चाहन्छु । शहीद, सन्त र सिपाही सबैको गर्भमा जन्मिदैनन् । तिम्रो गर्भले यो देशलाई एउटा न्याय दिने छोरो जन्माएको छ । तिम्रो गर्भबाट यो देशलाई एउटा उज्यालो किरण छर्ने छोरो जन्मेको छ । स्याबास् आमा ! धन्यवाद आमा जसले शहीद जन्माउनु भयो । तिम्रो छोरो ढल्यो, यो देश उठ्यो । तिम्रो छोरोले गोली खायो र यो देशले सिटामोलको गोली खान पाएको हो । तिम्रो छोरो ढलेको कारण यो देशले सिटामोलको गोली खान पाएको हो । कतै कतै कसैले खिन्न मन गर्नु पर्दैन, कतै कसैले कमजोर मन गर्नु पर्दैन । राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा एउटा सरकार बनेको छ । अहिले बजारमा कतै कतै हल्ला चलाएका छन्, यसले माग सम्बोधन गर्छ कि गर्दैन ? जिम्मा लिन्छ कि लिदैन ? गर्छ यो सरकारले माग सम्बोधन, यो देशको जिम्मा लिन्छ, घाइतेको जिम्मा लिन्छ, शहीदको जिम्मा लिन्छ, प्रत्येक आमाहरुको जिम्मा लिन हामी तयार भएर आएका छौं । बजारमा हुइँया मच्चाएका छन्, आलाकाँचा केटाहरु आएका छन्, संसदलाई कतै गलत बाटोमा लिन्छन् कि, सरकारलाई कतै गलत बाटोमा लिन्छन् कि, हामी आला हौंला, काँचा हौंला, तर कुहिएका छैनौं आमा ! ढुक्क हुनु, सुखले बाँच्ने दिन आउँदैछ । यो सरकार, यो सरकार प्रष्टको सरकार हो, भ्रष्टको सरकार होइन । सुशासन कायम गर्न र भ्रष्टाचारको विरुद्धमा लड्न कहाँबाट कतिबेला कसरी लड्नुपर्छ ? चाहे पूर्व हुन्, चाहे बहालवाला हुन्, चाहे हिजोका हुन्, चाहे आजका हुन्, जसले १ रुपैयाँ पनि भ्रष्टाचार गरेको छ, प्रत्येकको कठालो समातेर कारबाही हुनेछ । सबै ठाउँमा हुनेछ, हिसाव हुनेछ, एक एक गनेर हिसाव हुनेछ, खनखनी गनेर हिसाब हुनेछ ।’
सरकारको नेतृत्व र नयाँ राजनीतिक शक्तिमाथि उठिरहेका प्रश्न उठेको बताउँदै उहाँले आफूहरू अनुभवका हिसावले नयाँ भएपनि भ्रष्ट नभएको दाबी गर्नुभयो । उहाँले जेन–जी आन्दोलनका सहभागी र शहीद परिवारलाई निराश नहुन पनि आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar