|  

रसुवा–भोटेकोशी आयोजनाको केबल टनेलमा एक शव फेला

२३ भदाै, काठमाडाैं । रसुवा जिल्लामा रहेको १२० मेगावाटको रसुवा-भोटेकोशी जलविद्युत आयोजनाको केबल टनेलमा एउटा शव फेला परेको छ।

मंगलबार आयोजनाको रोङ्गास्थित केबल टनेलमा ड्रोनको प्रयोग गरी खोजतलास गर्दा एउटा शव फेला परेको नेपाली सेनाले जनाएको छ।  बाढीपछि यो आयोजनामा कार्यरत चार जना सम्पर्कविहीन थिए।