|  

पहिरो खसेर थुनिएको किम्रुङ खोलाको बहाब खुल्यो 

२४ भदौ, काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा पहिरो खसेर थुनिएको किम्रोङ खोलाको बहाब खुलेको छ ।

गए राति करिब ८ बजेतिर पहिरो खसेर किम्रोङ खोला थुनिएको थियो ।थुनिएको खोलाको बहाव आफैं खुलेर गएको छ ।

खोलाको बहाब साविकको अवस्थामा आइसकेकोले हाललाई जोखिम टरेको छ ।पहिरो खसेर खोला थुनिएको ठाउँमा प्रहरीको टोली आज बिहान ४ बजे नै त्यसतर्फ लागेको छ ।