|  

मुस्ताङको लोमान्थाङमा ५.३ म्याग्निच्युडको भूकम्प

२४ भदौ, काठमाडौं ।  मुस्ताङमा गएराति भूकम्प गएको छ ।

मुस्ताङको लोमान्थाङ केन्द्रबिन्दु भएर मंगलबारराति ९ः५३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार भूकम्प ५.३ म्याग्निच्युडको मापन गरेको छ।भूकम्पको धक्का गण्डकी प्रदेशका जिल्ला तथा काठमाडौंसम्म महसुस भएको थियो।