२४ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले २०८२ साल भदौ २३ र २४ गते भएका घटनाको सत्यतथ्य निष्पक्ष, स्वतन्त्र र विश्वसनीय ढङ्गले स्थापित गर्न आग्रह गरेकी छन् ।
बुधबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै भण्डारीले भदौ २३ गते भएको मानवीय क्षति र त्यसको भोलिपल्ट देखिएको हिंसा, आगजनी, तोडफोड तथा सार्वजनिक–निजी सम्पत्तिको विनाशलाई एउटै प्रकृतिका घटनाका रूपमा हेर्न नहुने बताएकी हुन्।
उनले आन्दोलनका जायज माग र मूल भावनाभन्दा फरक प्रकृतिका गतिविधि देखिएको भन्दै घटनामा बाह्य घुसपैठ वा अवाञ्छित तत्वको संलग्नताको प्रश्नसमेत गम्भीर रूपमा उठेको उल्लेख गरेकी छन्।
राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो अनुसन्धान प्रतिवेदन सार्वजनिक गरी सरकारलाई विभिन्न सिफारिस गरिसकेको भए पनि सरकारले गठन गरेको छानबिन आयोगको प्रतिवेदन भने औपचारिक रूपमा सार्वजनिक नभएको भण्डारीले बताएकी छन्।
उनले घटनाको समग्र प्रकृति र संलग्न पक्षहरूको भूमिकाबारे अझै प्रश्नहरू निरूपण हुन बाँकी रहेको भन्दै निष्पक्ष छानबिन आवश्यक रहेकोमा जोड दिएकी छन्।
भण्डारीले न्यायलाई राजनीतिक प्रतिशोधको आधार बनाउन नहुने बताउँदै प्रमाण र कानुनका आधारमा दोषीलाई जवाफदेही बनाउन तथा निर्दोषमाथि अन्याय हुन नदिन आग्रह गरेकी छन्।
Indian Rupee
U.S. Dollar
European Euro
UK Pound Sterling
Swiss Franc
Australian Dollar
Canadian Dollar
Singapore Dollar
Japanese Yen
Chinese Yuan
Saudi Arabian Riyal
Qatari Riyal
Thai Baht
UAE Dirham
Malaysian Ringgit
South Korean Won
Swedish Kroner
Danish Kroner
Hong Kong Dollar
Kuwaity Dinar
Bahrain Dinar