|  

तोलामा ३ हजारले घट्यो सुन, आज कतिमा हँदैछ कारोबार ? 

२४ भदौ, काठमाडौं । साताको कारोबारको चौथो दिन आज (बुधबार) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा ३ हजार रुपैयाँले  घटेको हो ।

जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला  ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला ४० रुपैयाँ घटेर ४ हजार ७५० रुपैयाँमा कायम भएको छ ।