|  

जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साटेर ग्यास दिन मन्त्री यादवको निर्देशन 

२४ भदौ, काठमाडौं ।  बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति असहज बनेको छ।

उपभोक्तालाई राहत दिन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यासको सहज उपलब्धताका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।

मन्त्री यादवले काठमाडौं उपत्यकाभित्र जुनसुकै कम्पनीको सिलिन्डर भए पनि साटेर ग्यास उपलब्ध गराउन निर्देशन दिएकी हुन्। यो व्यवस्था उपत्यकाभित्र मात्र लागू हुने बताइएको छ।